राष्ट्रपति र प्रधानमन्त्रीबीच अधिकार बाँडफाँट गर्दा प्रमुख कार्यकारी को हुने भन्ने कुरा छिनोफानो गर्न नसकेपछि दलहरूले थप दुई दिन समय मागेका छन्। अब दलहरुले शनिवारसम्म सबै विवादीत विषय टुङ्ग्याउनु पर्नेछ।
केही दिन यता दलहरुले विभिन्न विषयमा सहमति नजिक पुगेको बताएपनि थपिएको अन्तिम दिन बुधवार उनीहरुले त्यसलाई औपचारिकता दिन सकेनन्।
तैपनि दलहरूले सहमति नजिक पुगेका बताउन छाडेका छैनन्।



