भारतीय सिमा सुरक्षा बलका जवानहरुले पाँचथरमा एक २० वर्षीया युवतीलाई सामूहिक बलात्कार

भारतीय सिमा सुरक्षा बल एसएसवीका जवानहरुले पाँचथरको प्राङवुङ गाविसमा एक युवतीलाई सामूहिक बलात्कार गरेको विवरण सार्वजनिक भएको छ ।

 

६ जना भाई वहिनी लिएर सिमावर्ती क्षेत्रमा गएकी २० वर्षीया ती युवतीलाई हिजो सांझ नेपाल भारत सीमामा पर्ने चार राते भन्ने स्थानवाट पक्राउ गरी करिव आधा घण्टासम्म नियन्त्रणमा राखी बलात्कार गरेको पीडित पक्षले बताएको छ ।

 

बलात्कारपछि विभत्स अवस्थामा भागेर गाउँलेको शरणमा पुगेकी ती युवतीको बारेमा गाउँलेहरुले प्रहरी चौकी पाङवुङमा जानकारी गराएका थिए ।

 

स्थानीय प्रहरीले जिल्ला प्रहरीमा जानकारी गराएका थिए । पाँचथरका प्रमुख जिल्ला अधिकारी डुल्लुराज वस्नेतले सो घटनाको पुष्टी गर्दै पीडकलाई नेपालकै न्यापालिकामार्फत कार्वाही प्रकृया अगाडि वढाउन कानुनी ब्यवधान रहेकोले पीडित पक्षको निवेदन लिएर माथिल्लो निकायमार्फत आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताउनुभएको छ । पीडित युवतीको प्रहरीकै संरक्षणमा उपचार भैरहेको छ ।

अन्य समाचारहरु