प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको बिहीवारको बैठकमा एकीकृत माओवादीले पेश गरेको संघीय प्रदेशको प्रस्तावप्रति काँग्रेस र एमालेका नेताहरुले आपत्ति जनाएका छन्।
प्रमुख राजनीतिक दलहरुबीच केही पहिले हात्तीबन रिसोर्टमा भएको सैद्धान्तिक सहमति विपरित एकीकृत माओवादीले ११ वटा संघीय प्रदेशको प्रस्ताव ल्याएपछि त्यसलाई आफूहरुले अस्वीकार गरेको काँग्रेस र एमालेका नेताहरुले बताए।
संविधानका मुख्य विवादित विषयहरु संघीय ढाँचा र शासकीय स्वरुपका विषयमा सहमति जुटाउन बिहीवार बसेको प्रमुख दलका शीर्ष नेताहरुको बैठकमा माओवादी अध्यक्ष प्रचण्डले आश्चर्यजनक ढंगबाट ११ वटा संघीय प्रदेशको प्रस्ताव ल्याएको बैठकमा सहभागी काँग्रेस र एमालेका नेताहरुले बताए।
हालैका बैठकहरुमा निरन्तर सहभागी हुँदै आएका नेताहरुका अनुसार हात्तीबन रिसोर्टमा नेताहरुबीच देखि आठ प्रदेशका सम्बन्धमा सैद्धान्तिक सहमति बनेको थियो।
संघको नामांकन र सिमांकनका विषयमा बहस चलिरहेको बेला माओवादी अध्यक्ष प्रचण्डले जातीय पहिचानका आधारमा ११-संघीय प्रदेशको प्रस्ताव ल्याएपछि त्यसलाई आफूहरुले तत्कालै अस्वीकार गरेको काँग्रेस र एमालेका नेताहरुको भनाइ छ।
बैठकमा सहभागी एमाले नेता भीम रावलले प्रचण्डको प्रस्तावबारे भने,