बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले अध्यक्ष झलनाथ खनालले भोलि नै राष्ट्रिय सहमतिको सरकार बन्न सक्ने बताए।
कङ्ग्रेस महामन्त्री कृष्ण सिटौलाले हात्तीवन बैठकपछि एकदम सौहाद्रपूर्ण वातावरणमा वार्ता भएको बताउँदै आफूहरु एकदम आशावादी भएको बताए। ‘हामी सहमति नजिक पुगेका छौँ’, उनले भने, ‘भोलि लिखित सम्झौता हुन्छ।’
दलहरुबीच भोलि नयाँ बानेश्वरमा नै अपराह्न १ बजे बैठक हुँदैछ।



