माओवादी र मधेसी मोर्चाका तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीहरुले प्रधानमन्त्री बाबुराम भट्टराई समक्ष सामूहिक राजीनामा बुझाएका छन्।
माओवादीका तर्फबाट मन्त्री बनेकाहरुको राजीनामाको खबर माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र मधेसी मोर्चाका मन्त्रीहरुको राजीनामाको खबर ह्रदयेश त्रिपाठीले वार्तास्थल बाहिर सञ्चारकर्मीहरुलाई यसबारे जानकारी दिएको नागरिकन्युजकर्मी माधव ढुङ्गेलले जनाए।
‘राजनैतिक सहमतिको आधारमा बाबुराम भट्टराईकै नेतृत्वको सरकारमा सहभागी हुन’ राजीनामा दिएको मन्त्री त्रिपाठीले बताए। मन्त्री श्रेष्ठले बाबुराम भट्टराई कै नेतृत्वको सरकार बन्ने शर्तमा राजीनामा दिएको बताए।