राष्ट्रपति रामवरण यादवद्धारा पाँच बुँदे सहमतिले संविधान निर्माणमा शुभ संकेत दिएको टिप्पणी

जनकपुर । राष्ट्रपति रामवरण यादवले बिहीबार मध्यराती प्रमुख दलहरुका बीच भएको पाँच बुँदे सहमतिले संविधान निर्माणमा शुभ संकेत दिएको टिप्णी गरेका छन् ।

 

उनले संसद् भित्रका ९० प्रतिशत सांसद एक ठाउँमा आएको भन्दै खुशी व्यक्त गरे ।

 

गृहनगर जनकपुरमा आज आयोजित कार्यक्रममा राष्ट्रपति यादवले प्रमुख चार राजनीतिक दलबीच भएको सहमति संविधान निर्माणमा महत्वपूर्ण हुने बताए । उनले सहमतिले शान्ति र संविधान टुङ्गिने विश्वास अझै बढेको बताए ।

नयाँ बन्ने संविधानमा सम्पूर्ण भाषाभाषी, जातजाति, धर्मलाई समेट्नु पर्ने राष्ट्रपति यादवको भनाई थियो ।

 

जनकपुरमा बम विष्फोटबाट भएको मानवीय क्षेतीप्रति दुःख व्यक्त गर्दै उनले भने,