मन्त्रालय बाँडफाडमा सहमति गरेर आजै मन्त्रिपरिषद् विस्तार गर्ने प्रयासमा प्रमुख तीन दलको बैठक एमाले मुख्यालय बल्खुमा बसिरहेको छ ।
बैठकमा प्रधानमन्त्री डा. बाबुराम भट्टराइसहित तीनै दलका शीर्ष नेताहरु सहभागि छन् । मन्त्रालय भागवण्डामा विवाद बढेपछि दुई दिन भित्र राष्ट्रिय सहमतिको सरकार बनाउने पाँच बूँदे सहमति कार्यान्वयन हुन सकेको छैन ।
काँग्रेसले वर्तमान सरकारमा आफ्ना दुई नेतालाई पठाए पनि उनीहरुको मन्त्रालयको टुंगो लागिसकेको छैन ।
तत्काल सरकारमा नजाने निर्णय गरेको एमालेको सरकारमा सहभागिताबारे सहमति खोज्ने प्रयास पनि भइरहेको छ । बैठकमा संविधान लेखनका विवादित विषयमा पनि सहमति खोज्ने प्रयास हुने नेताहरुले वताएका छन् ।