संघीयताका विषयमा सम्पूर्ण निर्णय गरेर जेठ १४ भित्रै संविधान जारी हुनुपर्ने मधेस केन्द्रित समुहहरुको निर्णय

काठमाडौं – संघीयताका विषयमा सम्पूर्ण निर्णय गरेर जेठ १४ भित्रै संविधान जारी हुनुपर्ने मधेसी मोर्चाले निर्णय गरेको छ । सिंहदरबारमा बसेको मोर्चाको बैठकले यो निर्णय गरेको हो । विवादित विषयलाई थाती राखेर संविधान जारी गर्ने निर्णय मधेसी मोर्चाका लागि अमान्य हुने मोर्चाका अध्यक्ष महन्त ठाकुरले बताए ।

हाम्रो माग भनेको नै एक मधेश एक प्रदेश हो, हामी त्यसमा विचलित हुने कुरै छैन, ठाकुरले भने । संविधानसभाको म्याद थप्ने कुरा पनि अहिलेसम्म कहीं कतैबाट आएको छैन । थप्ने पक्षमा मार्चाले कुनै समर्थन नजनाउने ठाकुरले बताए ।

RSS