– माधव ढुङ्गेलशासकीय स्वरुपका सम्बन्धमा जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति र संसदबाट निर्वाचित प्रधानमन्त्रीमा कार्यकारी अधिकार बाँडफाँड गर्ने मिश्रित प्रणाली अपनाइने बैठकमा सहभागी एमाले वरिष्ठ नेता माधवकुमार नेपालले बताए।
कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलका अनुसार राष्ट्रपतिलाई सरकार बिघटन गर्ने अधिकार भने दिइने छैन। राष्ट्रपति र प्रधानमन्त्रीमा के के अधिकार रहने भन्ने विषयमा अन्तिम टुंगो लगाउन संवैधानिक समिति अन्तर्गतको विवाद समाधान उपसमितिको बैठक बस्दैछ।
दलहरुबीच भएको सहमति अनुसार संघीय व्यवस्थापिका ३ सय ७१ सदस्यीय हुनेछ। जसमा १ सय ७१ जना निर्वाचन क्षेत्रबाट जनताको प्रत्यक्ष मतबाट चुनिनेछन्। समानुपातिकतर्फ १ सय ४० जना निर्वाचित हुने पनि कांग्रेस नेता पौडेलले जानकारी दिए। उनका अनुसार माथिल्लो सदन राष्ट्रिय सभा ६० सदस्यीय हुनेछ।
दलहरुबीचको बैठकमा सहभागी भए पनि ३ दलीय सहमतिमा मधेसी मोर्चाले असहमति जनाएको छ। आफ्नो असहमति रहे पनि संविधान लेखन प्रक्रिया अवरुद्ध नगर्ने मोर्चा नेता तथा गृहमन्त्री विजयकुमार गच्छदारले जानकारी दिए।
एमाले सरकारमा सहभागी हुने



