जातीय राज्यको विरोध र अखण्ड मध्यपश्चिमको मागसहित आह्वान गरिएको मध्यपश्चिम बन्द आज सातौं दिन पनि जारी छ । बन्दको कारण मध्यपश्चिमको जनजीवन कष्टपूर्ण बनेको छ । बर्दियाबाट शुरु भएको बन्द दैलेख, बाँकेको कोहलपुर हुँदै नेपालगञ्जसम्म फैलिएको छ ।
बन्दका कारण यातायात, बजार, कलकारखाना, बिद्यालय ठप्प छन् । सरकार र दलहरुले आफ्ना मागको बेवास्ता गरेको भन्दै अखण्ड मध्यपश्चिम संयुक्त संघर्ष समितिले बन्द आह्वान गरेको हो । यता, थरुहट प्रदेशको माग राखेर थारु सयुक्त संघर्ष समितिले गरेको बन्दका कारण आज तेस्रो दिन पनि तराईको जनजीवन प्रभावित बनेको छ । बन्दका कारण पश्चिमको चितवनदेखि कैलालीसम्मको जनजीवन प्रभावित बनेका हो । नवलपरासीको बर्दघाटमा बन्दका कारण राजमार्गमा अलपत्र यात्रु र संयुक्त थारु संघर्ष समितिका आन्दोलनकारीबीच झडप भएको छ ।
झडपमा सशस्त्र प्रहरीका निरिक्षक विष्णुबहादुर विसी घाईते भएका छन् । दुई दिन देखि आफुहरु भोकै रहेको र केहि समयलाई बाटो खुलाउन गरिएको आग्रह प्रर्दशनकारीहरुले नमानेपछि झडप भएको यात्रुहरुले वताएका छन् । बन्दकै क्रममा काठमाडौबाट नेपालगञ्ज जादै गरेको बसमा सवार एक महिलाले बस भित्रै बच्चा जन्माए पनि उपचारको अभावमा बच्चाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुम्किावासदेखि बर्दघाटसम्म सवारीसाधन राजमार्गमै रोकिदा यात्रुहरुले दुई दिन देखि खान समेत नपाएको बताईएको छ । नवलपरासीमै ११ प्रदेश आफुहरुलाई मान्य नहुने भन्दै मधेशी मोर्चाका कार्यकर्ताले तीन दलका शिर्ष नेताहरुको पुत्ला जनाएका छन् । सरकारले माग पुरा गर्न उदासिनता देखाएको भन्दै ब्राम्हण, क्षेत्री, दशनामी, ठकुरी लगायतले नवलपरासीमा तीन दलको कार्यालयमा तालाबन्दी गरेका छन् ।RSS