सरकारले माग पूरा गर्ने प्रतिवद्धता जनाएपछि राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ ।
आज भएको वार्तामा मुस्लिम र सरकारबीच संवैधानिक मुस्लिम आयोग गठन गर्ने लगायत ११ बूँदामा सहमति भएको हो ।
नयाँ संविधानमा मुस्लिमको छुट्टै पहिचान स्थापित गर्ने लगायतका सहमतिपछि आन्दोलनका कार्यक्रम फिर्ता लिइएको आन्दोलनकारीहरुले जनाएका छन् ।
मुस्लिम समुदायद्वारा सञ्चालन गरिएका मद्रसाहरुलाई शिक्षाको मूल प्रवाहमा ल्याउन ऐन बनाएर मद्रसा वोर्ड गठन गर्ने, स्थायी हज कमिटी र हज हाउस बनाउने सहमति भएको छ । RSS