लुम्बिनी प्रादेशिक मच शाखा गठन

– कृष्ण खनाल

 

बुटवलजेठ ७ । कपिलवस्तु रुपन्देही र नवलपरासीबाट उत्तरतर्फ मुस्ताङ्ग सम्मको तराई हिमाल पहाड र कालिगण्कीसंग जोडिएका विभिन्न जिल्लाहरु तथा प्युठान समेत सम्मिलित वृहत लुम्बिनी प्रदेश बनाउनुपर्छ भन्ने मान्यताका साथ लुम्बिनी प्रादेशिक मच कपिलवस्तुको गठन गरिएको छ ।


सूर्यकुमारी शाहीको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा विष्णु गिरी सचिव सुशीला दर्लामी सह-सचिव ईन्द्र भट्टराई कोषाध्यक्ष जग्गु काहार रहनुभएको छ । त्यस्तै सदस्यहरुमा तिरथ पासी बाबुराम आचार्य केशव िसंह भोजराज खनाल राममिलन कु्र्मी मेवालाल गुप्ता टोपलाल पोख्रेल रुपेश श्रेष्ठ कुाज विहारी गोकर्ण पोख्रेल कमल भट्राई हुकुमबहादुर कुँवर तेजेन्द्र पाण्डे चीराजीवी गिरी शेरबहादुर क्षेत्री शंकर आचार्य पदम खनाल निशा विश्वकर्मा डिल्ली भुषाल परसुराम ज्ञवाली हिरालाल पौडेल कृष्ण भट्राई आजातअहमद दर्जी पार्वती तिवारी भिमलाल गौतम डिल्लीराज भट्राई गोपाल भुषाल सुमित्रा शर्मा खुमबहादुर थापा रमेश पन्थी लगाएत रहनुभएको छ ।

 

माचका कपिलवस्तु इन्चार्ज झविन्द्र पोख्रेल र सह-इन्चार्ज बाबुराम खनालको विशेष आतिथ्यतामा गठित उक्त समितिले वृहत लुम्बिनी प्रदेशका बारेमा विभिन्न कार्यक्रमहरु संचालन गर्ने योजना रहेको बताइएको छ ।