मधेसी मोर्चा सहित तीन दलको बैठक पुष्पकमल दाहालको विशेष आग्रहमा बालुवाटारमा फेरी सुरु

काठमाडौ । संविधानका विवादित विषयमा सहमति जुटाउन मधेसी मोर्चा सहित तीन दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा दलहरुवीच लामो समयदेखि विवादित रहँदै आएको राज्यको पुर्नसंरचनाको विषयमा छलफल भईरहेको बताईएको छ ।

 

माओवादी अध्यक्ष पुष्पकमल दाहालको विशेष आग्रहमा बसेको बैठकमा सहमतिका विभिन्न विकल्पमा छलफल हुने बताइएको छ ।

 

यसअघि आजै बसेको बैठकमा दलहरुले अडान कायम राखेपछि एक अर्कालाई संविधान ल्याउन नचाहेको आरोप लगाएका थिए । त्यसैगरी सहमति जुटन नसकेको अवस्थामा संविधानसभाको विकल्पको रुपमा पनि बैठकमा छलफल हुने छ ।