दलहरुबीच आइतबार राति अबेरसम्म हुने वार्ता सफल नहुने र मतदानमा पनि जान सक्ने अवस्था नभए प्रधानमन्त्रीले संकटकाल लगाएर भए पनि संविधानसभा बचाउने प्रयास गर्नेछन्।
संविधानसभा भंग भए चार वर्षदेखिको प्रयास, दोस्रो जनआन्दोलनलगायत विभिन्न जातीय र क्षेत्रीय आन्दोलनका उपलब्धि खेर जाने भएकाले यी सबै विषयरु समटेर प्रधानमन्त्रीले देशवासीका नाममा सम्कोधन गर्ने र संकटकाल लगाई संविधानसभा म्याद एक महिनासम्म लम्बाउने विकल्पमा पनि छलफल भइरहेको छ।
प्रधानमन्त्री र माओवादी अध्यक्षले कानुनविद्हरुसँग संविधानसभाले संविधान जारी गर्न नसकेपछिको अन्तिम अवस्थामा संकटकाल लगाउन मिल्ने/नमिल्ने विषयमा परामर्श गरिरहेका छन्।