४ वर्षपछि संविधान जारी नगरी संविधान सभा विघटन गर्दै प्रधानमन्त्री बाबुराम भट्टराईद्धारा मंसिर ७ गतेको लागि ताजा निर्वाचनको घोषणा

Nepalese PM Baburam Bhattarai addresses the nation from his official residence to declare fresh elections for November 22, 2012 for the Himalayan republic after political parties failed to finalize the new constitution, in Kathmandu

संविधानविनै संविधानसभा भंग भएको छ । संविधानसभा भंगसँगै सरकारले आगामी अर्को निर्वाचन मंसिर ७ गतेका लागि तोकेको छ । जुन चुनावको प्रस्ताव कांग्रेस एमालेले भने स्वीकार गरेका छैनन् ।

संविधानसभा भंग हुनु लगभग केही मिनेट अगाडी मात्रै प्रधानमन्त्रीले बालुवाटारमा पत्रकार सम्मेलन गरेर घुमाउरो शैलिमा कांग्रेस एमालेका कारण संविधान बन्न नसकेको बताएका छन् । उनले संघीयता कांग्रेस एमालेको शब्दकोषमै नभएको उल्लेख गरेका थिए ।

राज्यपुर्संरचना आयोगको १० र संविधानसभाको समितिले दिएको १४ वटा प्रदेशको प्रस्तावमा छलफल गर्न भन्दा उनीहरु नमानेको प्रधानमन्त्रीले उल्लेख गरेका थिए ।

उनले सम्बोधनका क्रममा कसैलाई दोष दिन नचाहने भन्दै राजनीतिक सहमति बिना फेरि पनि अगाडि बढ्ने अवस्था नरहेको बताए ।

उनले विविधताले भरिएको हाम्रो देशको भविष्य उज्जवल भएको भन्दै यसपटक संविधानसभाबाट संविधान नबनेपछि मसिंर ७ गतेको निर्वाचनमा सबैले आ-आफ्नो एजेन्डा लिएर अगाडि जानुपर्ने बताए ।

उनले भने जनताका मुद्दाहरु केन्द्रमा राखेर आगामी निर्वाचन हुनेछ । निराश नबनिकन नयाँ नेपाल निर्माणका लागि हातेमालो गर्दै अगाडि बढ्नुपर्छ ।

उनले राष्ट्रपतितर्फ केन्द्रित हुँदै आगामी निर्वाचन यही सरकारले नै पूरा गर्ने पनि बताएका थिए ।