कांग्रेस कार्यकर्ताहरुले जातीय विखण्डकारी प्रधानमन्त्री मुर्दावाद, संविधानसभा विघटन गराउने प्रधानमन्त्री राजीनामा देउ, राष्ट्रपति राष्ट्रिय सहमति सरकार बनाउ लगायतका माग गर्दै जुलुस प्रदर्शन गरेका छन् ।
पूर्व वसस्टप नजिकबाट निस्केको जुलुस लहानस्थित शहिद चौकमा प्रधानमन्त्री बाबुराम भट्टराईको पुतला दहन गर्दै कोणसभामा परिणत भएको थियो । कोण सभामा कांग्रेस सिरहा क्षेत्र नं. १ का सभापति अछमित लाल चौधरी, क्षेत्र नं.२ का क्षेत्रीय सभापति विष्णु गुप्ता, लहान नगर अध्यक्ष महेश चौधरी र युवा नेता रामचन्द्र यादवले संवोधन गरेका थिए ।
सबिधान नबन्दा टायर वालेर आक्रोस
अबधेशकुमार झा
इनरुवा: जनताको निर्वाचित सस्था सबिधान सभावाट सबिधान निर्माण हुन नसकेपछि सुनसरी सदरमुकाम इनरुवाका बासिन्दाहरु राजनैतिक दलका नेताहरु बिरुद्ध नारावाजी गरेका छन् । उनिहरुले आज बिहानैदेखी इनरुवा नगरको बिभिन्न भागमा टायर वालेर राजनैतिक दलका नेताहरु बिरुद्ध चर्को नारावाजी गरिरहेका छन् । प्रर्दसनकारीहरुले सबिधान वनाउन नसकेका सभासदहरुले खाएको भता ब्याज सहित फिर्ता गर्नुपर्ने बताए । यस्तै मध्यराती समेत इनरुवामा प्रर्दसन भएको छ । इनरुवा १० स्थित वलाहाका युवाहरुले सबिधान वनाउन नसक्ने नेताहरुलाइ जिल्ला प्रबेशमा रोक लगाउनुपर्ने भन्दै इनरुवा वजारमा मध्यराती प्रर्दसन गरेका थिए ।



