काठमाडौं – संघीयतामा निर्णय लिन नसक्दा चार वर्षपछि आइतबार राति संविधानै नलेखी संविधानसभा विघटन भयो । संविधानसभा विघटनपछि राजनीतिक अन्यौलता फेरि सुरु भएको छ ।
जनता निरास भएकाबेला सोमबार मुलुकले गणतन्त्र दिवस मनायो तर नाममात्रैको । टुँडिखेल र राष्ट्रपति कार्यालयमा गणतन्त्र दिवस मनाइयो । यसैबेला कांग्रेस-एमालेको अलग्गै बैठक बस्यो भने माओवादीले पत्रकार सम्मेलन गर्यो । रातभर तर्क वितर्क गरेका नेताहरुबीच ती बैठक-समारोहमा भेट भयो ।















