प्रधानमन्त्री बावुराम भट्टराईद्धारा भारतीय र चीनियाँ राजदुतसँग अलग अलग भेटबार्ता

काठमाडौ  – प्रधानमन्त्री डा. बावुराम भट्टराईसँग चीनियाँ राजदुत याङ्ग होउलान र भारतीय राजदुत जयन्त प्रसाद बीच सोमवार र मंगलबार अलग अलग भेटबार्ता भएको छ ।

भेटको क्रममा राजदुतले मुलुकमा विकसित बर्तमान घटनाक्रमबारे चासो व्यक्त गरेका थिए । सो अवसरमा प्रधानमन्त्रीले बर्तमान राजनीतिक घटनाक्रमबारे दुवै राजदूतलाई जानकारी गराएका थिए ।

भेटमा प्रधानमन्त्रीले संविधानसभाको निर्वाचनको घोषणा गरेको बताउादै देशमा लोकतान्त्रिक प्रक्रियानै अगाडि बढ्ने बताए । सरकार सबै राजनीतिक दलहरुको बीचमा सहमति जुटाएर राष्ट्रिय सहमतिको वातावरण बनाएर अगाडि बढ्ने प्रयत्नमा लागि रहेको उनले बताए ।