काठमाडौं – एकीकृत माओवादी संस्थापन पक्षले विघटित संविधान सभाका सभासद्हरूलाई नयाँ परिस्थितबारे प्रशिक्षण दिएका छन्। पार्टी मुख्यालय पेरिस डाँडामा प्रशिक्षण दिँदै माओवादी अध्यक्ष पुष्पकमल दाहाल पूर्व सभासदहरूलाई आ-आफ्नो निर्वाचन क्षेत्र गएर चुनावमा दुई तिहाइ बहुमत ल्याउने गरी काम गर्न निर्देशन दिएका छन्।
प्रशिक्षणमा सभासदहरुले कसरी दुई तिहाइ बहुमत ल्याउन सकिन्छ ? भनेर प्रश्न गरेका थिए। त्यसको जवाफमा अध्यक्ष दाहालले कांग्रेस-एमालेले अग्रगमनका पक्षमा वाचा पूरा नगरेको कुरा खुलासा गर्ने, हाम्रो दुई तिहाइ आइहाल्छ भन्ने जवाफ दिएको बैठकमा सहभागी स्रोतले नागरिकन्युजलाई बतायो।
प्रशिक्षण दिँदै प्रधान मन्त्री बाबुराम भट्टराईले संविधान सभा विघटनपछि सङ्घीय पक्षधर र विरोधी पक्षको ध्रुवीकरण हुने सङ्केत देखिएको भट्टराईले बताएका थिए। प्रशिक्षण लगत्तै केही छिनमा साना दलसँग माओवादीको छलफल हुँदैछ।
– नागरिक