मुलुक संकटमा परेका बेला पनि आन्तरिक किचलोलाई तन्काइरहेको कांग्रेसको शेरबहादुर देउवा पक्षले आज पनि आफ्नो गूटको बैठकलाई निरन्तरता दिएको छ ।
संस्थापन पक्षले आफ्ना बिचार नसमेटेकोमा उनीहरुले पार्टी सभापतिको आलोचना गर्दै आफ्ना कुरा मनाउन संस्थापन पक्षलाई दबाब दिने निर्णय गरेका छन् ।
देउवा निवास बुढानिलकण्ठमा भएको आफूपक्षीय केन्द्रीय सदस्यहरुको बैठकमा उनीहरुले एउटै पार्टीको दुई ठाउँमा भिन्दाभिन्दै बैठक बस्दा कार्यकर्ताको भावनामा चोट पुगेको भन्न पनि छुटाएनन् । पार्टीभित्रको बिवाद मिलाउन संस्थापन पक्ष तयार नभएकाले बेग्लै भेला गर्नुपरेको उनीहरुको प्रष्टीकरण थियो । विवाद समाधान नभएसम्म पार्टीको केन्द्रीय समितिलगायतका बैठक बहिष्कार गरिरहने निर्णय भेलाको थियो ।
प्रधानमन्त्री बाबुराम भट्टराईले गरेको निर्वाचन घोषणा अवैधानिक भएको ठहर गर्दै अरु दलसँग पनि अलग्गै छलफल गर्ने निर्णय देउवा पक्षको छ । RSS