माओवादीको असन्तुष्ट मोहन वैद्य पक्षको बिहीबार बसेको बैठकले पार्टी एक रहन संभव नभएको निष्कर्ष निकालेको छ।
पार्टी नेतृत्वको कार्यदिशा असफल भएको भन्दै सो समूहले अध्यक्ष प्रचण्डको राजीनामालाई पार्टी एकताको शर्त बनाएको छ।
वैद्य पक्षीय नेताहरुले दिएको अभिव्यक्तिलाई संकेत मान्ने हो भने माओवादी पार्टी अब औपचारिकरुपमा फुटको संघारमा पुगेको छ।
बिहीबार बसेको बैद्य पक्ष बैठकले पार्टी अध्यक्ष प्रचण्डको राजिनामा न्यूनतम शर्तको रुपमा अघि सारेको छ।



