– किरण पुन, नागरिक
काठमाडौं – एकीकृत नेकपा माओवादी उपाध्यक्ष मोहन वैद्यले नयाँ कम्युनिस्ट पार्टी गठनको प्रकृया सुरु भएको घोषणा गरेका छन्। ‘एकै ठाउँमा बसिरहन सक्ने अवस्था भएको भए यस्तो भेला हुँदैन थियो। यो पार्टी फुट्ने होइन कि विचार मिल्नेहरुबीचको एकता र अवसरवादीहरुसँग छुट्टिने हो,’ वैद्यले भने।
वैद्य पक्षीय केन्द्रीय सदस्यहरुको दुई दिने बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो घोषणा गरेका हुन्। उनले पार्टी भित्रको संकट हल गर्न भेला बोलाइएको जानकारी दिए। सर्वपक्षीइ गोलमेच भेलामा सबै राजनीतिक दल र सरोकारवालाई समेटेर नयाँ सरकार गठनको प्रकृया र त्यहीबाट संविधानको बारेमा तय गरिने वैठकले निर्णय गरेको छ।
वैठकले असार १ मा छुट्टै राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ।
भेलाले नयाँ पार्टी घोषणाको निर्णय गर्ने छ।