प्रधानमन्त्री बाबुराम भट्टराई ब्राजिलमा हुन लागेको रियो २० मा भाग लिन जाने

काठमाडौ  – प्रधानमन्त्री बाबुराम भट्टराई ब्राजिलमा हुन लागेको दिगो विकाससम्बन्धी राष्ट्रसंघीय सम्मेलन ‘रियो २०’ मा भाग लिन जाने भएका छन् ।

 

परराष्ट्र स्रोतका अनुसार प्रधानमन्त्री स्वयंले उक्त सम्मेलनमा सहभागिताका लागि सहमति पठाइसकेका छन् ।

 

असार ६ बाट सुरु हुने तीनदिने रियो बैठकमा परराष्ट्र, वातावरण, अर्थ मन्त्रालय, योजना आयोग र निजी क्षेत्रबाट समेत गरेर दुई दर्जनभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन् । RSS