एकीकृत नेकपा माओवादीका बरिष्ठ उपाध्यक्ष मोहन बैद्य किरणले अध्यक्षले प्रचण्डले पद त्याग्दैमा पार्टी एकता हुन नसक्ने स्पष्ट पारेका छ ।
आज रिपोर्टर्स नेपाल डटकमकालागी ऋषि धमलासँग कुरा गर्दै बैद्यले पार्टी भित्रको विवाद पदकोलागी नभई नीति र सिद्धान्तकोलागी भएको भन्दै अध्यक्षले लिएको पार्टीको लाईन नै गलत रहेकोले पार्टीको लाईन नै परिवर्तन गर्नु पर्ने बताए ।
उनले आफूसँग अध्यक्ष पक्षधरहरुले अध्यक्षको राजिनामाको सर्तमा पार्टी एकताको प्रस्ताव लिएर आएको खुलासा गर्दै आफूले त्यसलाई अस्विकार गरेर फर्काई दिएको जानकारी दिए ।
प्रधानमन्त्रीले मध्यरातमा संविधानसभा विघठन गरेर असम्बैधानिक रुपमा संविधानसभाको अर्को निर्वाचनको घोषणा गरेको भन्दै उनले असम्बैधानिक काम गर्ने प्रधानमन्त्रीले तत्काल पद छाड्नु पर्ने माग गरे ।
उनले प्रधानमन्त्रील ेपद त्याग गरेर गोलमेच सम्मेलनको मार्फतबाट अर्को सहमतिको सरकार निर्माण गर्नु पर्ने माग पनि गरे । रा स स



