काठमाडौं । राष्ट्रिय एकता पार्टीले संविधानसभा विघटन भएपश्चात अहिलेको सम्पूर्ण संरचना निश्क्रिय भएकोले नेपाल र नेपालीको मुक्तिको लागि राजालाई राष्ट्रिय अविभावक मानेर गोलमेच सम्मेलनमा जानुपर्ने माग गर्दै दवावकालागी आन्दोलन घोषणा गरेको छ ।
सो पार्टीले पम्प्लेटिङ, सहयोग संकलन, प्रचार प्रसार, मेची महाकाली राष्ट्रिय एकता सद्भाव भ्रमण, चौध अञ्चलका सदरमुकामहरुमा सार्वजनिक भेला, ७५ जिल्लामा समिति गठन, खुलामञ्चमा वृहत सभा, राजा र जनताबीचको सहकार्य जस्ता १५ सुत्रीय कार्यक्रम सार्वजनिक लगायतका पहिलो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।
सो पार्टीले सोमबार रिपोर्टर्स क्लब नेपालमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष शरदचन्द्र दाहालले विदेशीको इसारामा स्थापित कथित संविधानसभाको अस्तित्व समाप्त भई मुलुकमा पुरानो संरचना फर्केको दावी गर्दै नेपालमा राजसंस्था फर्किसकेको तर मुलुक विखण्डन गरी केन्द्रीय र प्रान्तीय राजा बन्न आतुर ठूला दलका नेताहरुले स्थान नदिएको ठोकुवा गरे ।
उनले भने