युरो कप २०१२ अन्तर्गत समूह सीको पहिलो खेलमा स्पेन र इटाली अङ्क बाँड्न बाध्य

गडान्सक, जेठ २९ (एजेन्सी)- युरो कप २०१२ अन्तर्गत आइतबार राति भएको समूह सीको पहिलो खेलमा स्पेन र इटाली अङ्क बाँड्न बाध्य भएका छन्। खेलको ६१ औँ मिनेटमा इटालीका डी नाटालीले गोल गरी लिएको अग्रतालाई स्पेनका फाब्रिगासले तीन मिनेट मै अर्को गोल गरी बराबरीमा पुर्‍याएका थिए।


निर्धारित ९० मिनेटको खेल  १-१ को बराबरीमा टुङ्गियो। यसैगरी आइतबारै राति अबेर भएको दोस्रो खेलमा आयरल्यान्डलाई क्रोएसियाले १-३ले पराजित गर्‍यो।

इटालीका नाटालीले गरेको पहिलो गोल। 


गोलपछि नाटालीको खुसी।


तीन मिनेट पनि रहेन खुसी। स्पेनका  फाब्रिगासले गरेको बराबरी गोल।


फाब‌्रिगासको गोल। 


स्पेनका गोलकिपर बल बचाउँदै। तस्बिरहरुः एपी