काठमाडौ – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका वरिष्ठ उपाध्यक्ष हेमबहादुर मल्लको मंगलबार बिहान ७५ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएको छ । उनी मुटु र कलेजोको रोगका साथै फोक्सोको क्यान्सरबाट पीडित थिए । पन्ध्र दिनदेखि उनलाई अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।
लामो समयसम्म तत्कालीन राष्ट्रिय पञ्चायतका सदस्य रही वन तथा भूसंरक्षण, गृह, भूमिसुधार तथा व्यवस्था, कृषि मन्त्री भइसकेका मल्ल



