
काठमाडौं – डेल ल्यापटपको आधिकारिक बिक्रेता नेक्स्ट कम्युनिकेसन प्रालिले ग्राहकलाई सहयोग गर्न एसएमएस भेरिफिकेसन अभियान सुरु गरेको छ।
कम्पनीले सक्कली डेल ल्यापटप किन्ने ग्राहकलाई प्रोत्साहित गर्न र नक्कलीबाट ठगिनलाई जोगाउन यस्तो अभियान गरेको हो।
कम्पनीले सक्कली डेल ल्यापटप १ वर्षे वारेन्टीसहित बिक्री गर्दै आएको छ।
कम्पनीले ग्राहकले किनेको डेल ल्यापटपको ट्याग नम्बर ४००१ मा एसएमएस गरेर पठाए सक्कली हो वा नक्कली पत्ता लगाई तत्काल रिप्लाई गर्ने जनाएको छ। – नागरिक