हाल कोटेश्वर पेरिसडाँडामा रहेको माओवादीको केन्द्रीय कार्यालय वैद्य पक्षमा लागेका उद्योग व्यापार संघका अध्यक्ष शिव कट्टेलको नाममा छ ।
पार्टी कार्यालय किन्दा एक सहकारीबाट लिएको एक करोडभन्दा बढी ऋण पनि कट्टेलकै नाममा छ । वैद्य पक्षको भेलामा यो पार्टी कार्यालयबारे पनि कुरा उठेको थियो ।
हाल वैद्य पक्षले सम्पर्क कार्यालय ललितपुरको कुपन्डोलमा सञ्चालन गर्दै आएको छ ।