एकीकृत नेकपा माओवादीले नेकपा, माओवादी लगायत अन्य समूहसँग एकता गर्न बार्ता टोली गठन

काठमाडौ । एकीकृत नेकपा माओवादीले पार्टीबाट फुटेर बनेको नेकपा, माओवादी लगायतका अन्य क्रान्तिकारी समूहसँग वार्ता गरेर एकता गर्न तीन सदस्यीय बार्ता टोली गठन गरेको छ ।


माओवादीको आज बसेको स्थायी समितिको बैठकले अमिक शेरचनको संयोजकत्वमा दिनानाथ शर्मा र वर्षामान पुन अनन्त सदस्य रहेको वार्ता टोली गठन गरेको हो ।


त्यसैगरी बैठकले पार्टी विभाजन गर्ने मोहन बैद्य समूहलाई फुट परस्त, विर्सजनबादी र वितण्डाबादी भएको आरोप लगाउँदै यस्ता तत्वको भ्रममा नपरी एक ठाँउमा गोलबन्द हुन अपिल समेत गरेको छ । त्यसरी नै फुटपरस्त विचलनकारी प्रतिक्रानित षडयन्त्रप्रति सजग हुन आब्हान गरेको छ । बैद्यपक्षले जनआन्दोलन, जनयूद्धका उपलब्धि निषेध गरेको र उपलब्धीहरुको अबमुल्यन गरेको निष्कर्स समेत निकालेको छ । भविष्यमा हुने द्धन्द्धको खतराप्रति सजग रहँदै मित्रपूर्ण तरीकाले अगाडि बढ्न कार्यकर्ता तहलाई आब्हान पनि गरेको छ ।

बैठकले आगामि असार १५ गतेदेखि गर्ने भनि निर्णय गरेको पार्टीको विस्तारित बैठक सार्ने निर्णय पनि गरेको छ । बैठकले आगामि साउन १ गतेदेखि ५ गतेसम्म राजधानीमा विस्तारित बैठक गर्ने निर्णय पनि गरेको छ ।

 
त्यसैगरी बैठकले अगामि असार २५ २६ २७ गते पोलिट ब्यूरो र  असार २८, २९ र ३० गते केन्द्रीय समितिको बैठक गर्ने निर्णय पनि गरेको छ । 


, बैठकले मोहन बैद्यले महाधिवेशन सम्म सम्बाद लाई जारी राख्ने भनि गरेको निर्णयलाई  सकारात्मक भएको भन्दै एकताकोलागी पहल गर्ने निर्णय गरेको छ । त्यसरीनै दलहरुवीचको सहमतिमा मुलुकको जटिलता फुकाउनु पर्ने आवश्यकता औल्याउँदै सहमति को विकल्प  नभएको ठहर समेत गरेको छ ।  RSS