
विश्वमै पहिलो पटक टेस्ट ट्यूवबाट बच्चा जन्माउने बेलायती महिलाको निधन भएको छ । ब्रिस्टलमा बस्दै आएकी लेस्ली ब्राउनको ६४ वर्षको उमेरमा निधन भएको हो ।
ब्राउनले सन् १९७८ को २२ जुलाईमा टेस्ट ट्यूवबाट छोरी जन्माएकी थिइन् ।
विश्वकै पहिलो टेस्ट ट्यूव बालिका लुसी अहिले ३३ वर्षकी भएकी छन् । विवाह भएको ९ वर्षसम्म पनि सन्तान नभएपछि लेस्ली ब्राउनले आईभीएफ उपचार पद्धतिबाट लुसीलाई जन्म दिएकी थिइन् । ब्राउनले दोस्रो सन्तान पनि आईभीएफ उपचार पद्दति बाटै जन्माएकी थिइन् ।
सन् २००८ मा निसन्तान हुँदाको अनुभव सुनाउने क्रममा ब्राउनले आफू बच्चा जन्माउनका लागि जे पनि गर्न तयार रहेको बताएकी थिइन् । लुसी ब्राउनले पहिले टेस्ट ट्यूव शिशुको रुपमा जन्म लिएपछि त्यो पद्धतिबाट ४० लाख बच्चाबच्ची जन्मिसकेका छन् ।
दुई हप्ता अघि लेस्ली ब्राउनको निधन भएपनि परिवारले बुधबार राति मात्रै सार्वजनिक गरेको हो ।