प्रधानमन्त्रीले राजिनामा नदिएसम्म सहमतिको सरकार बन्न नसक्ने एमाले नेता नेपालको तर्क

झापा, ९ असार । नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले प्रधानमन्त्री डा बाबुराम भट्टराईले राजिनामा नदिएसम्म राष्ट्रिय सहमतिको सरकार बन्न नसक्ने बताउनु भएको छ ।

 

आज बिहान झापाको दमक आइपुग्नु भएका नेपालले बाबुराम भट्टराईको नेतृत्वको सरकार अधिनायक बादतर्फ उन्मुख भएकाले त्यसका बिरुद्धमा नेकपा एमाले लगायतका राजनीतिकदलहरु सडक संघर्षमा उत्रनु परेको बताउनु भयो ।

 

पब्लीक क्याम्पस प्राध्यापक संघ नेपालको पूवाञ्चल क्षेत्रीय भेलाको उदघाटन गर्न झापा आइपुग्नु भएका नेपालले सहमतीय सरकार निमार्णका लागी प्रधानमन्त्री भट्टराईलाई तत्काल राजीनामा दिन आग्रह समेत उहाले गर्नु भयो । RSS