ट्राफिक-ध्वनि प्रदूषणका कारण हृदयाघातसम्म हुन सक्ने


काठमाडौ  –   ट्राफिकको कोलाहललाई हामी त्यो अति नहुन्जेल सहन नै गरिरहेका हुन्छौं तर पछिल्लो अध्ययनले त्यस्तो ध्वनि प्रदूषणका कारण हृदयाघातसम्म हुन सक्ने उल्लेख गरेको छ ।

 

विज्ञान अनुसन्धान पत्रिका ‘पब्लिक लाइब्रेरी अफ साइन्स वन’ को अनुसार, डेनिस क्यान्सर सोसाइटीका मेटी सोनेसनको नेतृत्वमा गरिएको अध्ययनमा ट्राफिकको कोलाहल र हृदयाघातबीच स्पष्ट सम्बन्ध थाहा पाइएको हो ।

 

ट्राफिकको दस डेसिबल कोलाहलले हृदयाघात हुने जोखिम १२ प्रतिशतसम्म बढ्न सक्छ ।

 

 सोसाइटीको विज्ञप्ति अनुसार, ट्राफिकको कोलाहल र हृदयाघातको सम्बन्धबारे सही कारण हालसम्म थाहा पाइएको छैन ।

 

तर कोलाहलले गर्दा मस्तसँग सुत्न नपाउनु र बढी तनाव हुनुले गर्दा यस्तो भएको हो । – RSS