काठमाडौं, १३ असार एमाओवादीका पोलिटब्यूरो सदस्य लोकेन्द्र विष्टले निर्वाचित सरकारलाई मात्र सत्ता हस्तान्तरण गर्ने भन्ने प्रधानमन्त्री बाबुराम भट्टराईको व्यक्तिगत बोली भएको बताएका छन् ।
प्रधानमन्त्रीको भनाइबारे स्याथी कमिटी बैठक बस्ने र त्यही समाधान खोजिने विष्टले बताए । पार्टीले भट्टराई बोले जसरी कुनै निर्णय गरेको छैन, विष्टले भने ूत्यसैले पार्टीले निर्णय नगरेको कुरा बोल्नु उहाँको व्यक्तिगत भनाइ हो ।ू ओएनएससँगको विशेष कुराकानीमा नेता लोकेन्द्र विष्टले अहिलेको समस्या समाधान नहुँदै सरकारले राजीनामा नदिने बताए ।
प्याकेजमै समाधान नगरी प्रधानमन्त्रीले राजीनामा दिनु कुनै अर्थ नहुने विष्टको भनाइ छ । अहिलेको अवस्थाको समाधानका लागि धेरै विकल्प छन, विष्टले ूथपे नेपाली रंग मञ्चभित्र रहेका समास्यालाई समाधान गर्न दलीय सहमति हुनुपर्छ ।ू
संविधानसभाको निर्वाचन गर्नुपर्ने भएतापनि त्यो तत्काल गर्न सहज नभएको विष्टको भनाइ छ । उनले संविधानसभाको निर्वाचन भन्दा कम जोखिम लिएर संविधानसभा पुनस्थापना गर्न सकिने बताए ।
चौतर्फी विकल्पहरुको बारेमा छलफल गर्ने र त्यसैबाट समाधान खोज्नु नै उत्तम हुने विष्टको भनाइ छ ।



