सुचना प्रविधिको संसारमा परिचीत कम्पनी गुगलद्धारा पहिलोपटक आफ्नै ट्याब्लेट फोन सार्वजनिक

सुचना प्रविधिको संसारमा परिचीत कम्पनी गुगलले पहिलोपटक आफ्नै ट्याब्लेट फोन सार्वजनिक गरेको छ ।

 

पछिल्ला वर्षमा विश्वका मोबाईल प्रयोगकर्ताहरुमाझ ट्याब्लेटको आकर्षण बढ्दै गएपछि गुगलले पनि आफ्नै फोन सार्वजनिक गरेको हो ।

 

यसअघि गुगलले अन्य मोबाईल कम्पनीहरुका लागि सफटयेर तथा एप्लीकेशनहरु बनाउने काम गर्दथ्यो । अमेरीकाको सान फ्रान्सीस्कोमा आयोजित एक समारोहमा गुगल कम्पनीले नेक्सस सेभेन ट्याब्लेट फोन सार्वजनीक ग-यो । नेक्सस सेभेन ट्याब्लेटको उत्पादन भने ताईवानी कम्पनी एससले गर्नेछ ।


सात ईन्चको यो नेक्सस सेभेन ट्याब्लेट झट्ट हेर्दा सामसुङको ग्यालेक्सी दुई र अमेजनको ट्याब्लेट जस्तै देखीन्छ । तर यसका सफटयेर र एप्लीकेशन भने निकै फरक हुने दावी गुगलको छ ।

 

जुलाईको मध्यदेखी विश्व वजारमा विक्रीको लागि पठाईने यो ट्याब्लेटको शुरुवाती मूल्य १ सय ९९ डलर अर्थात झण्डै १८ हजार नेपाली रुपैंया बराबर पर्न आउँछ ।