अमेरिकाले चीनमाथि लगाएको वित्तिय प्रतिबन्ध ६ महिनाका लागि फुकुवा

 काठमाडौं, १५ असार इरानबाट तेल आयात गर्नका लागि अमेरिकाले चीनमाथि लगाएको बित्तिय प्रतिबन्ध ६ महिनाका लागि हटाएको छ ।
 
इरानबाट तेल आयातमा चीनले धेरे कटौती गरेकाले वित्तिय प्रतिबन्ध अस्थाई रुपमा हटाइएको अमेरिकी भनाई छ । इरानबाट तेल आयात गर्न सबैजसो राष्ट्रलाई अस्थाई रुपमा वित्तिय प्रतिबन्ध फुकुवा गर्न अमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टनले बताए ।
 
इरानले परमाणु हतियार कार्यक्रम सञ्चालन गरेको आरोपमा पश्चिमेली शक्ति राष्ट्र र यूरोपेली संघले इरानमाथिको प्रतिबन्धलाई कडा पारेका छन् । मुख्य आयस्रोत तेलमा निर्भर रहेको इरानको तेल निर्यातमा रोक लगाएपछि परमाणु कार्यक्रम बन्द गर्न उ माथी थप दबाब पर्नेछ  ।
 
दक्षिण कोरियाले पनि जुलाई एक तारिख अर्थात आउँदो आईतबारदेखि तेल आयात नगर्न घोषणा गरेको छ ।