आज संसद दिवस, विभिन्न कार्यक्रम गरेर स्मरण

आज संसद दिवस, विभिन्न कार्यक्रम गरेर स्मरण गरिदैछ । संसद दिवसमा आज राजधानीमा विभिन्न कार्यक्रम गरिदैछ ।

 

नेपालमा पहिलो पटक बसेको संसद् बैठकको सम्झनामा २०४८ सालदेखि संसद दिवस मनाउन थालिएको हो । मुलुकमा कुनै पनि जननिर्वाचित निकाय नभए पनि पहिलो संसदको सम्झनामा पूर्व सांसद क्लवले कार्यक्रम गर्न लागेको हो । २०१६ सालमा पहिलो जननिर्वाचित संसद बनेको स्मरणमा हरेक बर्ष आजकै दिन अर्थात असार १६ गते संसद दिवस मनाउने गरिएको छ ।

 

वि.सं. २०१५ सालमा पहिलो पटक प्रतिनिधिसभा र महासभाको चुनाव भएपछि २०१६ साल असार १६ गते संसदको पहिलो बैठक बसेको थियो ।

 

वि.सं. २०१५ सालमा १०९ सदस्यका लागि भएको संसदीय चुनावमा नेपाली कांग्रेसले दुई तिहाई सीटमा जीत हासिल गरेको थियो । सोही चुनावबाट कांग्रेस नेता विश्वेश्वरप्रसाद कोइराला मुलुकमा पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो ।

 

यद्यपि, उहाँको सरकारलाई राजा महेन्द्रले धेरै दिन टिक्न दिएनन् । र २०१७ साल पुस १ गते भएको कू मार्फत् नेपालमा पञ्चायती व्यवस्था भित्र्याइयो । ३० वर्षको लामो संघर्षपछि जनताले २०४६ सालमा पञ्चायती व्यवस्थालाई फालेर फेरि बहुदलीय प्रजातन्त्रको पुनस्र्थापना गर्न सफल भएका थिए ।

 

– RSS