– कृष्ण खनाल
बुटवल असार १६ । एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य एवं वाईसीएल नेपालका केन्द्रीय अध्यक्ष गणेशमान पुनले पार्टीका पूर्व वरिष्ठ उपाध्यक्ष मोहन बैद्यले पार्टी फुटालेर क्रान्तिलाई आघात पुर् याउने काम गरेको आरोप लगाएका छन ।
उहाँले क्रान्तिको कुरा गर्ने बैद्यले पार्टी फुटालेर प्रतिक्रान्तिको बाटो अवलम्वन गरेको बताउँदै कुरा क्रान्तिकारी तर व्यवहार प्रतिक्रान्तिले क्रान्ति पूरा नहुने बताए ।
वाईसिएल तथा संयुक्त जनवर्गीय संगठन अवध राज्य समितिले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पुनले क्रान्तिको नाममा विसर्जनबादी बाटोमा लागेकाहरुसंग हार्दिकतापूर्ण व्यवहारकासाथ वैचारिक संघर्ष गरेर अघि बढ्न कार्यक्रर्ताहरुलाई निर्देशन गरे
बैद्यले पार्टी फुटालेपछि एमाओवादी पार्टीमा संगठनात्मक समस्या भएको स्वीकार्दै उहाँले पार्टीका सबै मोर्चाहरुमा अत्याधिक बहुमत आफ्नो पक्षमा रहेको दावि गरे।
मुलुकलाई निकास दिने उत्तम विकल्प संविधानसभा चुनाव भएको बताउँदै पुनले भन्नुभयो – पहिलो विकल्प चुनाव हो त्यसैले मंसिर ७ मा वुनाव सम्भव छ ।
उहाँले वजेट ल्याउने विषयलाई अलमलाएर मुलुकलाई अनिर्णयको बन्दी गराउन नहुने बताउँदै वजेट ल्याउन सहमति जरुरी रहेको बताए ।
कार्यक्रममा बोल्दै वाईसिएल नेपालका मुनालले अबध राज्यमा रहेका सबै जनबर्गीय संगठनका कार्यकर्ताहरु आफुहरुको पक्षमा रहेको दावि गरे ।
सोही पत्रकार सम्मेलनमा बैद्यले नेतृत्व गरेको नेकपा – माओवादीमा केही अवसरवादीमात्र लागेको दावी मुनालद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
अबध राज्य अन्तर्गतका जनासास्कृतिक वाईसिएल टे्रड युनियन विद्यार्थी चिकित्सक संघ मुस्लिम किसान संघ महिला मगर दलित पत्रकार तमू मधेशी शिक्षक मानव अधिकार प्राध्यापक यातायात शहीद परिवार उद्योग व्यापार संघस्वास्थ्य लगायतका जनबर्गीय संगठन तथा मोर्चाका संयोजकहरुको नाम र हस्ताक्षरसहितको विज्ञप्ती जारी गरिएको छ ।
यस अघि गत १४ गते बिहीबार नवगठित नेकपा-माओबादीको जनवर्गीय संगठन अवध मधेश राज्य समितिलॆ बुटवलस्थित रातो घरमा पत्रकार सम्मेलन गरी अबध राज्यका सबै जनबर्गीय तथा मोर्चामा आवद्व नेता तथा कार्यक्रर्ताहरु आफ्नो पक्षमा रहेको दावी गरेको थियो ।