प्रधानमन्त्री र जनजाति नेताबीच छलफल गर्दै

काठमाडौं, १९ असार प्रधानमन्त्री बाबुराम भटटराईले पहिचानसहितको संघीयताको पक्षमा रहेका बिभिन्न दलका जनजाति नेताहरुसँग भेटवार्ता गर्दैछन् ।

बालुवाटारमा हुने छलफलमा एमाले उपाध्यक्ष अशोक राई, मल्ल के सुन्दर, जनजाति महासंघका पूर्वअध्यक्षहरु ओम गुरुङ, पासाङ शेर्पासहित दुई दर्जनभन्दा बढि नेताहरु सहभागी हुने बताइएको छ ।

दलहरुवीचको सहमतिका लागि दबाब दिने उदेश्यले बिभिन्न क्षेत्रका ब्यक्तित्वहरुसँग छलफल गरिरहेका प्रधानमन्त्रीले त्यसैको निरन्तरतास्वरुप जनजाति अभियनकर्ताहरुसँग पनि छलफल गर्नलागेका हुन् ।