कुकुरसँग खेल्दा दम हुन्न: अनुसन्धान

काठमाडौ – वैज्ञानिकहरूले एउटा अध्ययनमा पाए अनुसार घरपालुवा कुकुरको छालामा पाइने धुलोमा बाल्यकालमा हुने दमको रोगको जीवाणुसँग लड्ने क्षमता हुन्छ ।

 

उनीहरूको अनुसार यो खोजले अगामी दिनहरूमा बच्चामा दमको चिकित्सा विधिमा परिवर्तन ल्याउँछ ।

 

उक्त जानकारी सनफान्सिस्कोमा अमेरिकन सोसाइटी अफ माइक्रोबायलोजीको एउटा बैठकमा दिइएको हो ।

 

क्यालिफोर्निया विश्वविद्यालयद्वारा पोथी मुसामा गरिएको प्रयोगमा उनीहरूलाई घरपालुवा कुकुरमा पाइने धुलो ख्वाइयो । उक्त धुलोमा श्वाससम्बन्धी संक्रमणको बाहक जीवाणु (रेस्पिरेटरी सिक्टियल वाइरस) सँग लड्ने क्षमता थियो ।

 

अनुसन्धान अनुसार रेस्पिरेटरी सिक्टियल वाइरस संक्रमण सामान्यतः नवजात शिशुमा पाइन्छ, जो पछि हुने श्वास सम्बन्धी गम्भीर रोगको लक्षण हो । बाल्यकालमा भएको संक्रमणको पछि दममा परिवर्तन हुने खतरा हुन्छ ।

 

– AGENCIES