नेपाल चेम्बर अफ कमर्सको टोलीले बजेटका लागि नेताहरु भेट्दै

काठमाडौं, २१ असार यस आर्थिक वर्षको बजेट सहमति गरी समयमै ल्याउँन नेपाल चेम्बर अफ कमर्सले आज दलका नेताहरुको ध्यानाकर्षण गराउने भएको छ ।

नेपाल चेम्बर अफ कमर्सका अधिकारीका अनुसार विहान ९ बजेपछि महाराजगंजमा कांग्रेस सभापति सुशील कोइरालालाई भेट्ने कार्यक्रम तय भएको छ ।

त्यस्तै दिउँसो गृहमन्त्री विजयकुमार गच्छदारलाई सोही विषयमा भेट्ने बताइएको छ ।