असार २१ नव गठित नेकपा माओवादी र नेकपा ९एकीकृत०बीच ुक्रान्तिकारीहरूको तेस्रो धारु निर्माण गर्ने सहमति भएको छ। बुधबार दुई दलबीच भएको छलफलमा उनीहरूले तेस्रो धार निर्माण गर्ने सहमति गरेका हुन्। नेपाली कम्युनिस्ट आन्दोलन नव संशोधनवाद, दक्षिणपन्थी दिशामा गएकाले क्रान्तिकारीहरूको तेस्रो धार निर्माण गर्ने ठहर उनीहरूको छ। माओवादीको नेवाः राज्य समिति कार्यालय कुपण्डोलमा बिहान भएको छलफलमा तेस्रो धारका लागि मोर्चा बनाएर जाने सहमति भएको छ। तात्कालीन एकताकेन्द्र(मसालबाट अलग भएको एकीकृत र एकीकृत माओवादीबाट विभाजित दुई दलबीच पहिलो पटक वार्ता भएको हो। ुसंयुक्त रूपमा सहकार्य गरेर अघि बढ्ने सहमति भएको छु, माओवादीकी प्रवक्ता पम्फा भुसालले भनिन( ुअर्को बसाईबाट कार्यक्रम, योजना बनाएर संयुक्त मोर्चा मार्फत अघि बढ्ने सहमति भएको छ।ु तत्काल मोर्चा बनाएर जाने सहमति भएको एकीकृतका नेता रामसिं श्रीसले बताए। ुक्रान्तिकारीहरूको तेस्रो धार हुनुपर्छ भन्नेमा सहमत भएका छौं, ठोस कुरा हुन बाँकी छ। पुनः बसेर टुंग्याउने कुरा भएको छु, श्रीसले भने। यता एकीकृतले बाबुराम भट्टराई नेतृत्व सरकारलाई समर्थन गरेको छ। २७ दल प्रतिपक्षमा रहँदा एकीकृत भट्टराई सरकारको मोर्चामा बसेको छ। एकीकृतले संघीयता र परिवर्तन पक्षधरबीच मोर्चा बनाएर जाने निर्णय गरे अनुसार सबै पक्षसँग छलफल भएको बताएको छ। अहिले एकीकृत माओवादीसँग मोर्चामा रहेकाले यता नव गठित माओवादीसँग मोर्चा बनाउने सहमतिले एकीकृतमा अन्यौल सृजना भएको छ। यसअघि वैद्य पक्षका सीपी गजुरेलको नेतृत्वमा रहेको ११ दलको मोर्चामा एकीकृत सामेल थियो। ुसंघीयता र परिवर्तनकारी पक्षधरसँग मोर्चा बनाएर जाने पार्टीको निर्णय हो। मोर्चा बनाउने बारे सबैसँग छलफल हुन्छ। अहिले कुन दलसँग मोर्चा बनाउने विषय टुंगो लागेको छैनु, एकीकृतका केन्द्रीय सदस्य चिरन पुनले नागरिकसँग भने।



