प्रधानमन्त्रीले सहसचिवलाई हटाए

काठमाडौं, २२ असार प्रधानमन्त्री बाबुराम भटटराईले रक्षा मन्त्रालयका सहसचिव देवेन्द्र सिटौलालाई माओवादी लडाकु छनोट समितिबाट हटाएका छन् ।

उनको स्थानमा सोही मन्त्रालयकै अर्को सहसचिव द्वारिका आचार्यलाई लगेको छनोट समिति स्रोतले जनाएको छ । सिटौलालाई छनोट समितिको सदस्यबाट दुई साता पहिले हटाई आचार्यलाई नियुक्त गरे पनि यसलाई सार्वजनिक गरिएको थिएन ।  

स्रोतका अनुसार सिटौलालाई हटाई आचार्यलाई नियुक्ति गरेको जानकारी सेना समायोजन विशेष समितिलाई समेत दिइएको छैन ।ु सिटौलाले समितिको बैठकमा नियम कानुन र हालसम्म भएका सहमतिविपरीत लडाकु छनोट गर्न हुँदैन भन्ने पक्षमा कडा रुपमा प्रस्तुत हुँदै आउनुभएको थियो,ु स्रोतले भन्यो, ुप्रधानमन्त्रीले रक्षा मन्त्रालयको जिम्मेवारी समेत लिएपछि सिटौलालाई लडाकु छनोट समितिबाट हटाउनुभएको हो ।ु

बैठकमा केही सदस्यले पार्टीहरुबीच विगतमा भएका सहमति विपरीत लडाकु छनोट प्रक्रियामा लचकता अपनाउनु पर्न बताउँदा उनले त्यसको प्रतिवाद गर्दै आएको स्रोत बताउँछ । समितिमा रहेका केही सदस्यले सात बुँदे सहमतिविपरीत छनोट प्रक्रियामा लडाकुको शैक्षिक योग्यता, उमेर अनमिनले राखेको तथ्यांक अनुसार नभई हाल लडाकुले उपलब्ध गराए अनुसार गर्न खोजे पनि उनले त्यसो गनर् नमिल्ने अडान लिएका थिए ।