शिक्षण अस्पतालमा राजनीतिक हस्तक्षेपबाट मुक्त गर्न प्रध्यापक डा. गोविन्द केसीको अनसन जारी

त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमा कार्यरत चिकित्सकहरुले संस्थानलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्न हिजो देखि प्रध्यापक डा. गोविन्द केसी अनसनमा बसेपनि सरकारले वार्ताको पहल नगरेको आरोप लगाएका छन् ।

 

आज राजधानीमा पत्रकार संम्मलेन गरी चिकित्सकहरुले संस्थानलाई राजनीतिक हस्तक्षेप मुक्त बनाउन केसीले थालेको अनसनप्रति ऐक्यवद्धता जनाएका हुन् ।

 

संस्थान धरासायी हुन लाग्दा समेत सरकार बेखवर जस्तै बनेको भन्दै उनीरुले राजनीतिक भागवण्डाको आधारमा पदाधिकारी नियुक्त गरिए मान्य नहुने चेतावनी पनि दिएका छन् ।

 

– RSS