इन्टरनेटको ठुलो कम्पनी याहू र सामाजिक संजाल फेसबुकबीचको पेटेण्ट सम्बन्धी विवाद अन्तत समाप्त भएको छ । अब दुबै कम्पनी साझा प्रचारका लागि सहमत भएका छन् ।
याहूले गत मार्च महिनामा बौद्धिक सम्पदाको अधिकार उल्लंघन गरेको आरोप लगाउदै फेसबुक बिरुद्ध मुद्धा हालेको थियो ।
यी दुबै कम्पनीले एक अर्को बिरुद्ध हालेको मुद्धा फिर्ता लिनेभएका छन् र दुबै आफनो पेटेण्टको अनुमति पत्र मिलेर प्रयोग गर्न सहमत पनि भएका छन् । साथमा यी कम्पनीहरुले राजश्व बृद्धिका लागि अझ सशक्त भएर सहकार्य गर्र्दै जाने भएका छन् ।