काठमाडौं, २८ असार एकीकृत नेकपा माओवादीको केन्द्रिय समिति बैठक बिहीबारदेखि शुरु हुँदैछ ।
बिहान
११ बजे पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा बस्ने बैठकमा अध्यक्ष
पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनका विषयमा छलफल हुने प्रवक्ता
दीनानाथ शर्माले बताए ।
उनका अनुसार पोलिटव्यूरो बैठकमा प्रस्तुत
भएको प्रतिवेदनमा केन्द्रिय सदस्यहरुले छलफल गर्नेछन् । प्रचण्डले पार्टी
भित्रका गुट उपगुट अन्त्य गर्नुपर्ने र राजनीतिक उपलब्धिको स्वामित्व ग्रहण
गर्दै अघि बढनुपर्ने प्रस्ताव गर्न भएको छ ।
केन्द्रिय समिति
बैठकमा छलफल भएपछि प्रतिवेदन साउन एक गतेदेखि काठमाडौको भृकुटीमण्डपमा शुरु
हुने बिस्तारित बैठकमा पेश हुनेछ । बिस्तारित बैठकमा राज्यसमिति स्तरका
झण्डै ५ हजार कार्यकर्ता सहभागी हुने माओवादीले जनाएको छ ।



