आज बजेट पारित

काठमाडौ, असार ३१ सरकारले आगामी आर्थिक वर्ष ०६९र०७० का लागि तृतियांश बजेट आइतबार ९आज० ल्याउँदैछ । बिहान बसेको मन्त्रिपरिषद् बैठकले तृतियांश बजेटलाई पारित गरेको छ ।

मन्त्रिपरिषद्ले पारित गरेको बजेट अध्यादेश राष्ट्रपतिकोमा लगिने र त्यहाँबाट स्विकृति प्राप्त भएपछि आजै सार्वजनिक गरिने महिला तथा समाजकल्याण मन्त्री बद्री न्यौपानेले ईकान्तिपुरलाई जानकारी दिए । उनका अनुसार अन्तरिम संविधानको धारा ९६९क० अनुसार तृतियांश बजेट ल्याउन लागिएको हो । चालु आर्थिक वर्षको कुल बजेटको एक तृतियांश भित्र रहेर बजेट ल्याइँदैछ ।

सरकारले पूर्ण बजेट ल्याउने तयारी गरेपनि विपक्षी दलहरुको निरन्तर बिरोधका कारण तृतियांश बजेट ल्याउन लागेको हो । ुबजेटमा नयाँ कार्यक्रमहरु केही छैनन,ुन्यौपानेल भने ुराष्ट्रिय महत्वका विषयहरु निर्वाचन, शान्ति प्रक्रियासंग जोडिएको लडाकुको स्वेच्छिक अवकास र सेनाको महानिर्देशनालय गठनका लागि बजेट छुट्याइएको छ ।ु नयाँ गठन भएका दुई वटा मन्त्रालयका लागि पनि बजेट थपिएको उनले जानकारी दिए ।

अपरान्ह १ देखि ४ बजेको बीचमा कुनै पनि अनुकुल समयमा सिंहदरवारमा रहेको राष्ट्रिय योजना आयोगको हलमा अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्न सक्ने तयारी गरिएको छ ।