काठमाडौं, ३१ असार सरकारले आर्थिक वर्ष २०६९र७० को कुल बजेटको एक तृतीयांश बजेट ल्याएको छ । १ खर्ब ६१ अर्ब २ करोड बजेट अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेका हुन । समयमा दलीय सहमति हुन नसक्दा सरकारले आंशिक बजेट ल्याउन बाध्य भएको हो ।
मन्त्रिपरिषदबाट पारित एक तृतीयांश बजेट राष्ट्रपति रामवरण यादवले अध्यादेशमार्फत स्वीकृत गरेपछि उक्त बजेट प्रस्तुत भएको हो । सिंहदरवारस्थित राष्ट्रिय योजना आयोगको कक्षमा अर्थमन्त्री पुनले बजेट प्रस्तुत गरेका थिए ।
अन्तरिम संविधानको धारा ९६ ९क० अनुसार एक तृतीयांश बजेट ल्याइएको हो । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईले पूर्ण बजेट ल्याउन अन्तिमसम्म प्रयास गरेका थिए ।
कांग्रेस, एमालेको चर्को विरोधपनि सरकार एक तृतीयांश बजेट ल्याउन बाध्य भएको हो ।



