काठमाडौं, २ साउन आठ युवा संगठनले प्रधानमन्त्री बाबुराम भटटराईलाई सत्ता छाडी अविलम्ब राष्ट्रिय सहमतिको ढोका खोल्न आग्रह गर्दै सरकारविरुद्ध विरोधमा उत्रिने भएका छन् ।
उनीहरुले पहिलो चरणमा विरोधसभालगायत कार्यक्रम अघि सारेका छन् । युवा संघ नेपालको नेतृत्वमा आइतबार बसेको संयुक्त बैठकले सरकारविरुद्ध विरोध कार्यक्रम सञ्चालन गर्न निर्णय गरेको थियो । उनीहरुले असंवैधानिक र कामचलाउ भटटराई सरकारले सत्ता छाडनुपर्न माग गर्दै मंगलबार राजधानीको नयाँ बानेश्वरमा संयुक्त विरोधसभा गर्न भएका छन् । उक्त सभालाई युवा नेताहरुले सम्बोधन गर्न छन् ।
ुकामचलाउ भटटराई सरकार दिन प्रतिदिन राष्ट्रघाती र जनविरोधी गतिविधि गर्दै अझै पनि सत्ता जोगाउने र सर्वसत्तावाद लादने कुचेस्टा गर्दै छ,ु युवा संगठनहरुले भनेका छन्, ुयस सरकारले जनताका मल, बीउ र दैनिक उपभोग्य वस्तुको पर्याप्त र सहज आपूर्ति गर्न र सीमा सुरक्षा गर्न कामसमेत असफल भएको छ ।
देशमा शान्ति सुरक्षा कायम गर्न समेत असफल भइसकेको सरकारले अविलम्ब सत्ता छाडन र राष्ट्रिय सहमतिको ढोका खोल्नुपर्छ ।ु उनीहरुले अपारदर्शी रुपमा मुलुकलाई दूरगामी असर पार्न निर्णय गर्न थालेको भन्दै आपत्ति जनाएका छन् ।
ुदेश र नेपाली जनतालाई गुमराहमा राखेर राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय सुरक्षालाई असर पार्न खालका कुनै पनि सन्धिर सम्झौताहरु नगर्न खबरदारी गर्दछौं,ु युवा संगठनहरुले भनेका छन् ।



