
तपाई कत्तिको फुर्तिलो हुनुहुन्छ ? आफ्नो शारीरीक तन्दुरुस्तीको लागि कत्तिको जाँगरीलो हुनुहुन्छ । याद राख्नुहोस, यदी तपाई अल्छि हुनुहुन्छ भने यही अल्छिपना तपाईको मृत्युको कारण बन्न सक्छ ।
हालै प्रकाशीत एक प्रतिवेदनका अनुसार विश्वमा शारीरीक कसरतको अभावले वर्षेनी ५३ लाख वयष्कहरुले ज्यान गुमाईरहेका छन् । यो संख्या विश्वमा धुमपानको कारण हरेक वर्ष मृत्यु हुनेहरुको संख्यासँग बराबर देखीएको छ ।
चिकित्सा विज्ञान सम्बन्धी विश्वकै सबैभन्दा चर्चीत पत्रिका द लान्सेटको पछिल्लो संस्करणमा सार्वजनिक प्रतिवेदन अनुसार शारीरीक कसरत नगर्ने युवाहरुमा मधुमेह, क्यान्सर, हृदयरोग जस्ता समस्या बढ्दो छ ।
पछिल्ला दिनहरुमा यो समस्याले महामारीकै रुप लिन सक्ने अध्यनमा सहभागि ३३ चिकित्सकहरुको टोलीको निष्कर्ष छ ।
प्रतिवेदनले विश्वका हरेक नागरीकलाई दैनिक कम्तिमा साँढे दुई घण्टा शारीरीक व्यायाम वा कसरत पर्ने खालका काम गर्न सुझाव समेत दिएको छ ।